१) यी ५ बर्षे संसदीय कार्यकाल पुरा गर्न चुनिएका सांसद नभई एक युगमा एक पटक हुने भनिएको संबिधानसभाका निम्ति हामीद्वारा नै चुनिएका प्रतिनिधि हुन्।
२) अधिकारका लागि फेरी बन्दुक उठाउन नपर्ने गरि नेपालीको भाग्य र भबिष्य सुनिश्चित गर्ने अग्रगामी नयाँ संबिधान लेख्छौ भनि आएका जनप्रतिनिधि हुन्।
३) जिम्मेबारी पुरा गरे पनि नगरे पनि भोलि जनता सम्म जाने यिनै हुन् ; न आकासबाट न धर्तीबाट अर्को आउने वाला छ ,यिनै आउने हुन् - चिन्न जरुरी छ ।
४) मुलुक संघियतामा जाने निश्चित प्राय: छ । यो आवस्थामा हालसम्म कायम सम्पूर्ण संरचनाहरु नरहन
पनि सक्ने हुदाँ यी संरचनाहरु स्पष्ट नक्शामा यसमा प्रस्तुत गरिनुले पनि यो संग्रहनीय छ भन्ने हाम्रो दावा हो ।
पनि सक्ने हुदाँ यी संरचनाहरु स्पष्ट नक्शामा यसमा प्रस्तुत गरिनुले पनि यो संग्रहनीय छ भन्ने हाम्रो दावा हो ।
५) भनिने गरेको नयाँ नेपाललाई हस्तान्तरण भएका जिल्ला देखि राष्ट्रियतहका आधारभूत मानबिय
तथा बिकासका सूचकांकहरु यसमा संग्रहित हुनुले यी जन-प्रतिनिधिहरुलाई तथ्यगत र बुँदागतरुपमा
कति गर्यौ त भन्ने प्रश्न राख्न या चलाखी पुर्बक उम्किन खोज्दा समेत तर्कले बाध्न यो कृति कमयाबी
बन्ने हुनाले।
तथा बिकासका सूचकांकहरु यसमा संग्रहित हुनुले यी जन-प्रतिनिधिहरुलाई तथ्यगत र बुँदागतरुपमा
कति गर्यौ त भन्ने प्रश्न राख्न या चलाखी पुर्बक उम्किन खोज्दा समेत तर्कले बाध्न यो कृति कमयाबी
बन्ने हुनाले।
६) एक युगमा एक पटक हुने संबिधानसभाको सम्पूर्ण निर्बाचन परिणाम यसैमा सजिनुले।
७) बिगतका सन्धि, सम्झौता,समझदारी,माग,पत्र ...आदि जसले राजनीतिलाई हमेशा तताई राखेको हुन्छ ति सबै पनि यसैमा संग्रहित भएको हुनाले।
८) संबिधान निर्माणको क्रममा कुन सभासद कुन समितिमा रहेर कस्तो भूमिका निर्वाह गरेको भन्ने पनि यस कृतिले समेट्न सकेकोले ।
अब भन्नुस हाम्रो दावा तुक रहित भयो र ?