यो ' माननीय सभासद ' भन्ने किताबमा के छ ? हँ ??


प्रत्येक सचेत नागरिकले 
 संग्रह गर्नै पर्ने पुस्तक
  • नागरिक हुनाको नाताले चिन्नै पर्ने :
  • खोजेर पनि नभेटिन सक्ने :
  • नेपाली भएर थाहा पाउनै पर्ने :
  • ईतिहासले देखाएको बाटो पहिल्याउनै पर्ने :
  • म कहाँ छु ? भेट्टाउनै पर्ने :
लामो अनुसन्धानबाट तयार पारिएको यो .....'' माननीय सभासद ''.....नामक पुस्तकमा ६०१ जना माननीय सभासदज्यूहरूको बिगत देखि वर्तमान सम्मको सचित्र व्यक्तिगत तथा राजनीतिक विवरण, औपचारिक शैक्षिक योग्यता (बिषय छुट्टाएर), सम्पर्क फोन, मोबाईल र ईमेल लगायत नयाँ संबिधान निर्माणमा उहाँहरुका निजि बिचारहरु खुलाइएको छ । साथै सभासद कुन समितिमा रहेर कस्तो भूमिका निर्वाह गरेको भन्ने पनि ५२० पृष्ठ मोटो यस कृतिमा प्रष्ट छ।

मुलुक संघियतामा जाँदा अब नरहन सक्ने भौगोलिक संरचनाहरु; गा.बि.स./ न.पा.को नाम खुल्ने ७५ जिल्लाका स्पष्ट नक्शाहरु सहित पुरानो नेपालबाट नयाँ नेपाललाई हस्तान्तरण भएका मानबिय तथा बिकासका जिल्ला देखि राष्ट्रियतहका तथ्यांकहरु, जस्तै : प्रत्येक जिल्लाको सिमाना, समुन्द्र सतह देखिको उचाईं, भौगोलिक अवस्थिति, क्षेत्रफल, जनसंख्या, साक्षरता, जनघनत्व, पुरुस-महिला अनुपात, सडक, स्वास्थ्य, बिजुली, प्रमुख पेशामा- कृषि र गैर कृषि.....लगायत; क्याम्पस, +२ कलेज, मा.बि., नि.मा.बि., प्रा.बि., को संख्या तथा शिक्षक/ शिक्षिका अनुपात सहित प्रमुख धर्म, जाती, भाषा र त्यसको जनसंख्या प्रतिशत तथा अन्य अति महत्वपुर्ण तथ्यांकहरू पनि जिल्ला प्रोफाईलमा समेटिएको छ। एक युगमा एक पटक हुने संबिधानसभाको प्रत्यक्ष र समानुपातिक तर्फको सम्पूर्ण निर्बाचन परिणाम, जस्तै :कसले कहाँबाट कति भोट पाए र को कहाँबाट धरौटी जफतमा परे भन्ने पनि, सजिलो तबरमा सजाईएको छ।

ऐतिहासिक महत्व राख्ने १२ बुंदे, ८ बुंदे, बिगतमा विभिन्न मोर्चासंग सरकारले गरेका सम्झौताहरुका साथमा बृहत शान्ति सम्झौता लगायत नेपाली राजनीतिलाई तताई राख्ने सन् १९५० को नेपाल-भारत सन्धि तथा कोशी, गण्डकी, महाकाली एवं जलश्रोतका सम्बन्धमा हाल सम्म भएका चर्चित सन्धि-सम्झौता पनि यसका २० वटा अनुसुचिहरुमा अटाएका छन्। पुरै सडक संजाल र सबै धार्मिक, पुरातात्विक एवं पर्यटकीय महत्वका स्थानहरु देखाईएका ठुला आकारका नेपालका रंगिन नक्शाहरु भित्र फोल्डीङ गरि राखिनुले यो कृति झन् उपयोगी भएको छ। अत: सान्दर्भिक सबै संकलनहरुको एकमुष्ठ प्रस्तुतिले, हामी र हाम्रा भावी पुस्ताको लागि पनि यो एक ऐतिहासिक एवं संग्रहनीय दस्तावेज बनेको छ।


पहिलो संस्करण : भाद्र,२०६६ 
दोश्रो संस्करण : चैत्र ,२०६६ 
     * रि-प्रिन्ट : मङ्सिर,२०६७
     * रि-प्रिन्ट : चैत्र ,२०६७ 


पुस्तकको पृष्ठ संख्या : ५२०

मूल्य रु. : ४४०/- पातलो गाता
मूल्य रु. : १२५०/-मोटो गाता (सहयोग)

भाषा : नेपाली 
प्रकाशक : मदरल्याण्ड पब्लिकेशन प्रा. लि.