![]() |
प्रत्येक सचेत नागरिकले संग्रह गर्नै पर्ने पुस्तक |
यो 'माननीय सभासद' नामगरेको कृति काल्पनिक कृति होइन, न यो कविता संग्रह हो, न कथा, न उपन्यास नै। यो वास्तविक तथ्यांकको धरातलमा उभिएर तयार पारिएको हो। गा.वि.स./न.पा. को स्पष्ट नाम खुल्ने ७५ जिल्लाका नक्शा सहित प्रत्यक जिल्लाका करिब ४६ प्रकारका तथ्यांक संकलन गर्दा ११ ठाउँका दरले बस चढेर गई डाटा संकलन गरेका रहेछौं । त्यस्तै ६०१ जना मा.सभासदज्युहरुको विवरण संकलन गर्दा एक तर्फी करिब १,८३४ पटक बस चढेर भेट्न गईएको रहेछ। त्यस्तै उनीहरुलाई बिबरणको लागि भेट्ने कार्यक्रम मिलाउदा करिब ४,८०५ पटक फोन सम्पर्क स्थापित भएको रहेछ। उक्त फोन सम्पर्कमा करिब ३३,६३५ मिनेट कुराकानी गरिएको रहेछ। साथै विवरण संकलनको लागि १ जना सभासद्लाई करिब ३.६ का दरले करिब २,१६४ वटा ४ पेजका नेपाली फाईल तयार गरि वितरण गरिएको रहेछ। यी र यस्तै कार्य सहित कम्प्युटर सम्बन्धि सम्पूर्ण कार्यको लागि हामी २ जनालाई २४२ दिन एनेकी ८ महिना २ दिन लागेको रहेछ।
त्यसै गरि एकमुष्ट केहि विवरण पाईन्छ कि भनेर हामीले संबिधानसभा / संसद सचिबालयमा हाम्रो यस्तो परियोजनको लागि सघाउ पुग्ने सामग्री उपलब्ध हुन सक्छ कि भनेर सचिब स्तरका कर्मचारीहरुलाई (यहाँ नाम खुलाउन उपयुक्त नहोला कि !) समेत अनुरोध गर्दा " तपाईहरुले यो गर्नै नसक्ने काम सुरु गर्नु भाको रहेछ, यो काम गर्न सक्नुहुन्न, अब यसमा लगानी (समय + पैसा) गर्नु बेकार छ, काम फत्ते गर्नै सक्नुहुन्न " भनि पठाएको क्षण अझै ताजा छ। यस मानेमा हामीले यो चुनौतीको भब्य सफलतापुर्बक पुरा गरि सकेको बेला पनि हो यो।
'आफ्नोलागि आफैं संबिधान लेख्न पाउने' नेपाली जनताको अधिकारलाई प्रत्याभूत गर्न स्थापित सम्मानित संबिधानसभामा को आए, कस्ता आए, के पृष्ठभूमिबाट आए....जस्ता कैयौं प्रश्नहरुको चाङ हाम्रो मनमा पनि तेर्सि रहदा हामीले यो नयाँ काम गर्ने योजनाको प्रारूप तयार गरेका थियौं। त्यसो त आपसी मतभेद, इर्श्या, राग, द्वेष, अविश्वास र फुटको खेतीमा अभ्यस्त बन्दै गएको राजनीतिक संस्कारलाई सुधारको बाटोमा फर्काउन सहमति, सहकार्य र समझदारीलाई अंगिकार गर्नै पर्ने परिस्थितिको एउतै विकल्प दिएर जनताले संबिधानसभामा प्रतिनिधित्व गराई भावी राजनीतिक लक्ष्य निर्दिष्ट गराएको बेला सबैलाई एउतै मालामा गाँसी सबैका बाटाहरु फरक-फरक भए पनि पुग्ने गन्तब्य एउतै भएको प्रमाणलाई हाम्रो प्रयासको यस प्रकाशनबाट छर्लंग भएकै छ, पार्ने प्रसस्त प्रयास गरिएकै छ र यसमा पनि सफलता मिलेकै छ। यस सन्दर्भमा 'नेताले के बोल्छन र के गर्छन' भन्ने कुराको गतिलो सबुत यो कृति भएको हाम्रो बुझाई यधपी कायमै छ, भैरहने छ।
क्रमश......
